सिङ्गो एमाले र जसपा आफूसङ्ग रहेको ओलीको दावी

काठमाडौं, माधव-खनाल निकटका २७ सांसद सहित सिङ्गै एमालेको १२१ र जसपाको पनि भएभरका बत्तिसै साँसदको समर्थन आफूसङ्ग रहेको काउण्टर दावी प्रधानमन्त्री केपी ओलीले रास्ट्रपतिसामु गरेका छन् ।

यसो गर्दा १५३ पुग्छ । उता देउवाले १४९ को हस्ताक्षर लिएर दर्ताको पर्खाईमा छन ।

ओलीद्वारा आफूसङ्ग भनी दावी गरिएका एमाले र जसपाका कैयन नेता अहिले पनि देउवासङ्ग शीतल निवासमै छन।