प्रधानमन्त्रीमा दाबी पेश गर्ने देउवाको तयारी
प्रकासित मिति : २०७८ जेष्ठ ७, शुक्रबार १५:३०
प्रकासित समय : १५:३०
काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५)अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी थिइन्।
कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी ९जसपा०को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी रहेको छ।
यसका लागि अहिले कांग्रेस संसदीय दलको कार्यालयमा चार पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।