सहमति कायम गरौं, राष्ट्रिय सरकार बनाऔंः प्रधानमन्त्री ओली
प्रकासित मिति : २०७८ जेष्ठ ७, शुक्रबार १५:१३
प्रकासित समय : १५:१३
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका थिए।
एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘म अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’
उनले शुक्रबार विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् । वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका भन्दै उनले भने, ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा, सवैलाई समेटेर साझा भूमिका खेल्नेछु ।’