संविधान संशोधनको गृहकार्य
प्रकासित मिति : २०७८ जेष्ठ ७, शुक्रबार १३:०७
प्रकासित समय : १३:०७
काठमाडौं,संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ।
जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिएका छन्।
ठाकुरले जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा रहेको बताए ।