महन्थ ठाकुर पक्ष पुनः तटस्थ बस्ने

काठमाडौं,जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पुनः नयाँ सरकार गठनमा तटस्थ बस्ने भएको छ।

यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढिरहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।