सिंहदरबारमा विपक्षी तीन दलको छलफल

काठमाडौं,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । उक्त छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन्।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा। शशांक कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९५० बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन्।

कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरुबीच राष्ट्रपतिले तोकेको समयभित्र वैकल्पिक सरकार गठनका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।