राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्रः रामचन्द्र पौडेल
प्रकासित मिति : २०७८ जेष्ठ ६, बिहीबार २२:२१
प्रकासित समय : २२:२१
काठमाडौं,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले धारा ७६ ९५० को सरकार गठनको प्रक्रिया शुरु गर्न २४ घण्टा पनि समय नदिनु षड्यन्त्र भएको बताए ।‘सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो ।
तर एकाएक २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन सक्दैन’ उनले भनेका छन् ।नेता पौडेलले यो अवस्थामा संविधान जोगाउने प्रयासमा लाग्न दलहरुलाई आग्रह गरेका छन् ।