आमाको नागरिकताबाट वंशजको नागरिकता दिने निर्णय

काठमाडौँ,सरकारले आमाको नागरिकता भएका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई वंशज नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो।आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको एक मन्त्रीले बताएका छन्।

त्यस्ता कतिपय पीडितले अदालतमा मुद्दा गरेर मात्र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउने गरेका थिए । अन्यथा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिनबाट वञ्चित गर्ने गरेको छ।जनता समाजवादी पार्टी (जसपा) नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।