राष्ट्रियसभा उपनिर्वाचनः देवकोटालाई अग्रता
प्रकासित मिति : २०७८ जेष्ठ ६, बिहीबार १७:१८
प्रकासित समय : १७:१८
काठमाडौं,वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटाले अग्रता लिएका छन् ।
स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।
स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।