एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक तय गरेका हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्नेछ।

त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ।बैठकका अन्य एजेण्डाबारे केही बताइएको छैन ।