आज अन्तिम दिन रातो मछिन्द्रनाथको जात्रा
प्रकासित मिति : २०७८ जेष्ठ ५, बुधबार १९:२२
प्रकासित समय : १९:२२
काठमाडौं,नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो मछिन्द्रनाथको जात्रा बुधबार समापन गरिएको छ । कोरोना महामारीका कारण धेरै विधि छोट्याएर बुधबार पुल्चोकबाट मछिन्द्रनाथलाई बुंमती लगिएको छ।
विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जाउलाखेलमा भोटो देखाउने जात्रापछि मछिन्द्रनाथको रथ तानेर बुङ्मती लैजाने गरिन्थ्यो । तर यस वर्ष महामारीका कारण स्थानीय प्रशासन र जात्रा आयोजकबीच भिड नगरी सीमित व्यक्तिको सहभागितामा जात्रा समापन गर्ने सहमति भएको थियो।
बुधबार विहान पुल्चोकमा रहेको रथमा क्षमा पूजा गरिएको थियो र दिउँसो एक बजे विशेष पूजा गरेर मछिन्द्रनाथलाई खटमा बोकेर बुङ्मती लगिएको हो ।