पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन

काठमाडौँ, पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ ।९३ वर्षीय बरालको बुधबार बिहान महाराजगञ्जस्थित घरमै निधन भएको नाती पुजन बरालले बताए ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।

राणा शासनविरूद्ध कांग्रेसले शुरू गरेका सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही पनि थिए।