२७ करोडको लागतमा कोहलपुरमा बन्ने भयो लामो दुरीको बसपार्क
कोहलपुर, बाँकोको कोहलपुरमा करिब २७ करोड लागत बराबरको लागतमा लामो दुरीको बसपार्क बन्ने भएको छ।
कोहलपुरको चौराहा देखि कोहलपुर चौराहदेखी पुर्वतर्फको खाली जग्गामा २७ करोड ८८ लाख लागतको लामो दुरीको बसपार्क निर्माण गर्न लागिएको हो ।
करिब ५ विगा १६ कठ्ठामा जग्गामा निमार्ण हुन लागेको बसपार्कको सोमबार कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले शिलान्यास गरेका छन । यसअघि भने कोहलपुरमा छोटो दुरीको बसपार्क निर्माण सम्पन्न भईसकेको छ ।
खड्का-दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले आगामी २ वर्षको अवधिमा निर्मँण सम्पन्न गर्ने गरी बसपार्क निर्माणको जिम्मा पाएको छ । कोहलपुर नगरपालिका र खड्का दया-सगुन निर्माण सेवा कन्स्ट्रक्सनबिच २७ करोड ८८ लाख लागतमा लामोदुरीको बसपार्क निर्माणकालागि सम्झौता भएको बताएको छ । बसपार्क निर्माणको कूल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम बिनियोजन गरिएको बताएको छ ।