विप्लव नेकपाले भन्यो- बाँके जिल्लालाई स्वास्थ्य आपत्काल घोषणा गर

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले जिल्लालाई स्वास्थ्य आपत्काल घोषणा गर्न सुझाब दिएको छ। सोमबार पार्टीको तर्फबाट बाँके जिल्ला इन्चार्ज दिपक र सेक्रेटरी अनिलले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार तथा सरोकारवाला निकायलाई सुझाब दिएका हुन्।पछिल्लो समय संक्रमित र मृत्युुदर हेर्दा बाँके जिल्ला सबै भन्दा जटिल बन्दै गएकोले स्वास्थ आपत्काल क्षेत्र घोषणा गर्न ध्यानाकर्षण गराएको नेकपाले जनाएको छ।

जिल्लालाई तत्काल स्वास्थ्य आपत्काल घोषणा गरेर जिल्लामा आवस्यक स्वास्थकर्मी, अौषधीे, स्वास्थ उपकरणहरू, अक्सिजन इत्यादिको तत्काल केन्द्रिकरण गर्न पनि सरकार संग जोडदार माग गरेको छ।

पहिलो प्राथमिकतामा रहेको अक्सिजन आपृर्तिका लागी एक महिना भित्र पूरा गर्ने गरि प्रत्येक प्रदेशमा सरकारी स्तरबाटै कम्तिमा एउटा अक्सिजन प्लान्ट यथाशीघ्र आरम्भ गर्न र तत्कालका लागि देश भित्र र बाहिरका सहयोगी निकायहरुबाट आपुर्तिलो पहल गर्नु पर्ने बताएको छ।

नेकपाले कोरोनासँगको महांयुद्धमा आफ्नो जिवनको बाजि थापेर उपचारमा संलग्न स्वास्थकर्मी, कर्मचारी, सुरक्षाकर्मी र अन्य स्वयम्सेवकहरुको प्रोत्साहन भत्ता अविलम्ब उपलब्ध गर्न पनि माग गरेको छ । साथै कर्तव्य पालनाको सिलसिलामा कसैको ज्यान गएमा निजका परिवारको सम्पूर्ण जिम्मेवारी राज्यले लिने नीति तत्काल घोषणा गर्ने समेत माग गरेको छ ।

कोरोनाबाट मृत्यु हुन गएका व्यक्तिको सम्पूर्ण उपचार खर्च राज्यद्वारा उपलब्ध गराउनु पर्ने, सम्पूर्ण निजि अस्पतालहरुको राज्यले अविलम्ब जिम्मा लिई उपचार व्यवस्था प्रभावकारी र सुलभ गराउनु पर्ने,
पिसिआर जाँच निःशुल्क गर्नुका साथै घुम्ति टोलीको व्यवस्था गर्नुपर्ने, आईसोलेसन सेन्टरहरु आवश्यकता हेरेर वार्डस्तरमा विस्तार गरी सम्पूर्ण सरकारी र गैह्रसरकारी स्वास्थ्य क्षेत्रका व्यक्तिहरुलाई तत्काल परिचालन गर्नु पर्ने बताएको छ।

त्यस्तै कोरोना बाहेकका बिरामीहरुको उपचारका लागि निश्चित अस्पतालहरुलाई तोकेर स्वास्थ्य सेवा सुचारु गर्ने,
समग्र आपुर्ति व्यवस्थालाई सुदृढ गर्नुका साथै खाद्य लगायत अत्यावश्यकिय सामाग्रिहरुको भण्डारण र बिक्रि–वितरणलाई सहज गराउन पर्ने, पहिलो चरणको खोप लिईसकेका व्यक्तिहरुलाई दोस्रो चरणको खोप उपलब्ध गर्नुका साथै प्रत्येक नागरिकलाई खोपको अविलम्ब व्यवस्था गर्न पनि सुझाब दिएको छ।

साथै नेकपाले आगामी जनसुरक्षा रणनीतिको तर्जुमा समेत बेलैमा गर्न नेपाल सरकार र सम्बन्धित सबैमा अनुरोध गर्दै महामारीको संकटमाथि विजय प्राप्त गर्न पार्टीको तर्फबाट सबैसँग निरन्तर सहकार्य र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यस्तो छ विज्ञप्ति