बाँकेमा पाटेबाघ मृत अव्यवस्थामा भेटियो
नेपालगन्ज,बाँके जिल्लाको एक सामुदायिक वनमा वयस्क अवस्थाको एक भाले पाटे बाघ मृत अवस्थामा फेला परेको छ।बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर-५ स्थित गोकुल सामुदायिक वनको खण्ड ५ मा पर्ने खैरी वन क्षेत्रमा मृत अवस्थामा रहेको अन्दाजी १० बर्षको वयस्क भाले पाटे बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत रमेश बुढाथोकीले जानकारी दिए।
उक्त बाघ १४/१५ दिन पहिलेनै मरेको हुनसक्ने बुढाथोकीले बताए। ९ फिट ५ ईन्च लम्बाई भएको मृत अवस्थामा भेटिएको उक्त पाटे बाघको जीउ फुलेर डम्म भएको, किराहरु परेको, झिङ्गा भन्किएका, छालाको केहि भाग सडेगलेर रौं खुइलिएको, अगाडीको चारवटै दाह्रा काटेर लगेको र जुङ्गाहरु झिकिएको अवस्थामा फेला परेको उनले बताएका छन्।बा
घको शरीरको कुनैपनि भागमा चोटपटक नदेखिएको, गोली वा धारिलो हतियार प्रयोग भएको नदेखिएको भएतापनि चारवटै दाह्रा काटेर लगेको र जुङ्गाहरु झिकिएको अवस्थामा फेला परेको हुनाले बाघलाई कसैले बिष सेवन गराएर मारेको हुन सक्ने सहायक वन अधिकृत बुढाथोकीले जानकारी दिए । थप अनुसन्धान पश्चात् मात्र सम्पुर्ण कुराहरु खुल्ने उनले बताए ।