कर्णाली सरकारका नियुक्त दुई मन्त्रीले खाए सपथ

सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेका दुई मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।नवनियुक्त आर्थिम मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

बुधबार मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका थिए।तर सत्ता साझेदारका लागि सहकार्यका गरेको नेपाली कांग्रेसलाइ जानकारी नदिइ भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएपछि काग्रेसले आपत्ती जनाएको थियो।केही आन्तरिक तयारी नभएको भन्दै दुई जना मन्त्रीलाई नियुक्त गरेको सिफारिस मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख समक्ष पठाएका थिए।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम मन्त्री आइतबार साँझ नियुक्त गरेको थियो । नेपाली काँग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालयमा मन्त्री नपठाउँदा रिक्त नै रहेको छ ।