प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता
प्रकासित मिति : २०७८ जेष्ठ ३, सोमबार १३:२३
प्रकासित समय : १३:२३
काठमाडौं,प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ।वरिष्ठ
अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत,अधिवक्ता राजकुमार सुवाल,अधिवक्ता सन्तोष भण्डारी र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका छन्।प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन्।
रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग समेत गरिएको छ ।