कर्णाली सरकारमा नेपाली र शर्मा पुनः मन्त्री पदमा नियुक्त
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार मुख्यमन्त्री शाहीले माओवादीबाट दुई जना नेतालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नयाँ मन्त्रीमा सीता नेपाली आन्तरिक मामिला तथा कानुन, युवा र खेलकुद,गोपाल शर्मा आर्थिक तथा योजना विकास मन्त्रालयमा नियुक्त भएका हुन्।प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रेस विज्ञप्ति जारी गरेर नेपाली र शर्मा मन्त्रीमा नियुक्त भएको जानकारी दिएका हुन्। यसअघि बुधबार माओवादीबाट नियुक्त भएका तीन मन्त्री शपथ नखाँदै बर्खास्तीमा परेका थिए ।
त्यसमध्ये शक्ति बस्नेतका विश्वासपात्र बिन्दमान बिष्टलाई सपथ नखादै वर्खास्त गरेर मुख्यमन्त्री शाहीले नेपाली र शर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन्। नयाँ दुई मन्त्रीको आज दिउँसो दुई बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ