लागूऔषधसहित झापाबाट तीन पक्राउ

झापा,लागू औषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ।

झापा गाउँपालिका २ बाट करिब ५ सय ३० मिलिग्राम अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ,२ थान डिजिटल तराजु,नगद ५९ हजार रुपैयाँ र २ थान मोबाइल सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय रोशन भुजेल,२१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा गाउँपालिका १ बस्ने १९ वर्षीय प्रताप लिम्बु रहेका छन्।ईला

का प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।