आज मात्रै ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना निको

काठमाडौँ, २४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै, १४५ जना कोरोना मृतक थपिएका छन् । क्वारेन्टाइनमा ७०१ जना रहेका छन् ।