तौल घटाउने बहानामा गर्न नहुने यस्ता छन ७ गल्ती

मोटोपनाबाट वाक्क भएका मानिस कसरी आफ्नो वजन घटाउने भन्ने ध्याउन्नमा हुन्छन् । यस्तोमा कतिपय अवस्थामा मानिसले यस्ता केहि गल्ती गर्न पुग्छन् जो वजन घटाउने नाममा हानिकारक छन् ।

के के हुन् ती गल्ती ?

१. खान छाड्ने
तौल घटाउँने नाममा धेरैले गर्ने काम भनेको खान छाड्ने हो । यस्तोमा मानिस लामो समय भोकभोकै बस्छन् । तर यो बेकार छ । यसले मेटाबोलिजमलाई सुस्त बनाउँछ साथै शरिर आलस्य र बिरामी बनाउँछ ।

२. औषधीको सेवन
सजिलै तौल घटाउने नाममा केहिले औषधीको सेवन गर्दछन् । तर, यसले स्वास्थ्यमा गम्भीर असर पार्दछ । वजन घटाउन पनि सन्तुलित भोजन र व्यायामसँगै पोषणयुक्त खानेकुरा आवश्यक पर्दछ जो औषधीले भरपुर गर्न सक्दैन ।

३. जबर्जस्ती वान्ता गर्ने
केही व्यक्ति मन लागेको खानेकुरा खाएर भोक मेटीएपछि केही बेरमै जवरजस्ती वान्ता गर्छन । तर यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पार्दछ । साथै खन्चुवा बनाउँछ ।

४. पखला लगाउने
केहिले मोटोपन घटाउन पखाला चलाउने औषधी खान्छन् । तर लामो समय पखाला लाग्दा शरीरमा पानीको अभाव हुनुका साथै पेट सम्बन्धित अन्य समस्या पनि उत्पन्न हुन्छ ।

५. धुमपान
केही मानिस भोक दबाउन धुमपान गर्छन् । धुमपानले दिमागको संकेतलाई अबरोध गरी भोक मार्दछ । तर, यसले शरिरमा हानी पुर्याउनुका साथै क्यान्सरको जोखिम बढ्छ ।

६. अत्यधिक व्यायाम
मानिसले दुब्लाउन सबैभन्दा झ्याउ मान्ने बिषय भनेको व्यायाम हो । तर केहिले भने अत्यधिक व्यायाम गर्दछन् । परिणाम शरिर घाइते हुन्छ र मुटुमा पनि असर पुग्न सक्छ ।

कैयौं अभिभावकले आफ्ना बालबालिकालाई खानपान गर्ने तरिका सिकाउँछन् । तर पनि बालबालिका सिके अनुसार मज्जाले खान जान्दैनन् । तर यो गँगटाको ख्वाई भने निकै सालिन र चर्चित बन्यो ।

केवल १५ सेकेण्डको यो भिडियोमा गँगटाले एउटा स्याउको टुक्राबाट ससाना टुक्रा बनाई कपाकप मुखमा पुर्याउदै खान्छ । जो अत्यन्त रोमाञ्चक देखिन्छ । गँगटाले आचरणपुर्वक स्याउ खाएको यो भिडियो लाखौं पटक हेरिएको छ ।