अक्सिजन ल्याउन नेपाल एयरलाइन्सको विमान ओमान प्रस्थान

काठमाडौं,अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमानतर्फ प्रस्थान गरेको छ।

५६० थान अक्सिजन सिलिन्डर ल्याएर उक्त जहाज शनिबार साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने भएको छ।ती सिलिन्डरलाई गैरआवसिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको थियो । ती सिलिन्डरलाई अहिले मस्कट विमानस्थल राखिएको छ।

मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको थियो । सिलिन्डर ल्याउन गरिएको चार्टर बिमानको खर्च भने सरकारले व्योहोर्ने भएको छ।नेपाल एयरलाइन्सको विमान पहिलोपटक ओमान गएको हो ।