ओली र नेपालबीच पुनः भेटवार्ता हुँदै

काठमाडौं,नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । साँझ ६ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ।आजको वार्तामा भने ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन्।

वार्तामा जाने नेपाल समूहका नेताहरुको टुंगो लागेको छ । ओलीसँगको वार्तामा नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भएका छन्।तर ओली तर्फबाट भने टुंगो लागेको छैन । ‘उहाँहरु ९ओली र नेपाल० बीच वार्ता हुने हो । अरुबारे थाहा छैन’, ओली निकट नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले भने।

ओली र नेपालबीच बिहीबार दिउँसो लामो सम्वाद भएको थियो। यो सम्वादमा एमालेभित्रको विवाद मिलाउने सहमति भएपछि नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो।नेपाल समूह पछि हटेसँगै बिहीबार राति नै संविधानको धारा ७६ ९३० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई आजै शपथ ग्रहण समेत गराइसकेकी छिन् । ओलीले आजै पदभार समेत गर्दैछन् ।