प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन्।

शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन्।

संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो। राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन्।