४३औँ प्रधानमन्त्रीका रूपमा ओलीले शपथ लिँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दैछन्। संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिने तयारी भईरहेको छ।

दिउँसो साढे २ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा ओलीले ४३औँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै छन् । शपथ लिएसँगै उनले मन्त्रिमण्डल पनि विस्तार गर्ने तयारी गरेका छन्।अहिलेको मन्त्रिमण्डल सानो आकारको बन्ने उनीनिकट स्रोतले जानकारी दिएको छ।

आफूसँग चोइटिएको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षकालाई पनि मन्त्रिमण्डलमा समेटेर लैजाने ओलीको तयारी छ । तर, नेपाल पक्ष भने सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको छ ।