नेपालले बोलाए आफूपक्षीय नेताको बैठक

काठमाडौं,नेकपा एमाले नेता माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक तय गरेका छन्।शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट बैठक गरिने एक नेताले बताए।

नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन्।दुई नेताबीचको छलफलमा पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो।

उक्त सहमतिपछि माधव नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी स्थगित भएको थियो।