नेपालमा थप ८९६० जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख ३०, बिहीबार १७:५४
प्रकासित समय : १७:५४
काठमाडौं,नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ।
आज कुल २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो। यो अवधिमा ५ हजार ५५ जना निको भएका मन्त्रालयको तथ्यांक रहेको छ।
देशभर कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ।