नेपालगञ्जमा मुस्लिम समाजद्वारा दुईसय घरलाई राहत वितरण

बाँके,नेपालगञ्ज मुस्लिम समाजद्वारा दुई सय घरपरिवारलाई राहत वितरण गरिएको छ। बुधवार गरिब असाहय दुःखी पीडितहरुलाई राहत वितरण गरिएको हो। कोरोनाको कहरमा काम गर्न सक्ने अवस्था नभएको र भोकविलासताको सिकार भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरि सहयोग गरिएको बताए।

खाद्यान्न सामाग्रीमा १०केजी चामल,१ पाकेट पीठो,१ किलो चिनी,१ किलो दाल,१ किलो नुन,१ लिटर खाने तेल र १ पाकेट सोयाबीन सहयोग स्वरूप बाँडिएको थियो। उक्त राहत सामग्री पहिलो चरणमा नेपालगंजका दुईसय घरपरिवारलाई वितरण गरिएको नेपालगञ्ज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हल्वाईले बताए। उनका अनुसार यो पहिलो चरणको राहत वितरण कार्य भएको हो।

त्यस्तै राहत वितरण कार्यमा खटिएका संस्थाका सचीव मेराज अहमद हिमालयका अनुसार यो ईस्लाम धर्मको पवित्र महिना रमजान चल्दैछ र कोरोना कहरका कारण कामकाज गर्न नपाएको नागरिकहरुको घरमा समस्या हुनसक्ने भएकोले खाद्यान्न सहयोग गरि समाज सेवा गरेको बताए। उनले आउने दिनमा समेत यसरी नै सहयोग अरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

हिमालका अनुसार समाजमा भएको जुनसुकै समुदायको पीडित,गरीब,ज्यामी असहायहरुले सहयोगको लागि हामी सम्पर्क गर्न सक्नु हुन्छ।उक्त राहत वितरण कार्यमा मुन्ना मंसूरी, सदस्य सारिक अली अन्य सहयोगीहरुको उपस्थिति रहेको थियो ।