नेपालीको प्रवृत्ति र राजनीति

वाह हामी नेपाली वाह१ कति जान्नेबुझ्ने छौ हामी नेपाली यसमा गर्व लाग्छ मलाई ।सर्वप्रथम सामाजिक संजालका निर्माणकर्ता९मार्क जुकरवर्क० लाई मनै देखि सादुवाद टक्राउछु। साहेद उहाँले यो सामाजिक संजाल फेस्बुकको विकास गर्नुहुन्थेन त कयौ नेपालीहरुका महान बिचारहरु मनमै कुहिन्थे र डुङडुङती गन्हाउन थाल्थे होला ।कति उकुसमुकुस भएर गुम्सिएर, निसास्सिएर आकुलव्याकुल हुन्थे होला कति त छटपटिएरै मर्थे होला यो सबै समस्या समाधानको थलो बनेको छ सामाजिक संजाल जहाँ मान्छेहरु आफ्ना मनका बहहरु पोखेर आत्मसन्तुष्टि लिन्छन् र आफूलाई डिप्रेसन हुनबाट जोगाउछन अर्थात बचाउछन।भर्खर जन्मेका बालक देखि प्राण फुत्किन आटेका बृद्ध सम्म लाई कति आकर्सित गरेको छ यो सामाजिक संजाल ले यहाँ उल्लेख गरि साध्य छैन।सामाजिक संजाल मा अर्थात फेसबुक मा जोडीनको लागि मोबाइल चाहियो त्यसमा पनि सामान्य मोबाइलले काम नगर्ने स्माट मोबाइल चाहिने।

चानचुने र कम मुल्यको मोबाइलले काम नगर्ने महङ्गो मोबाइल रिनसापट गरेर भए पनि किन्नुपर्ने कस्तो हामी नेपाली को महान सोचाइ।हुन त यो आधुनिक जमानामा यत्ती नभएर नि के मज्जा है फेरि रु घरमा दाल, चामल ,नुन ,तेल किन्ने पैसा छैन तर मागेर रिन गरेरै भए पनि रिचार्ज गरि फेस्बुक त चलाउनै पर्ने , छिमेकीले जोडेको वाइफाइ को पासपोर्ट बिन्तिभाउ,अनुनयबिनय गरेर हानिमाग्नुपर्ने र फेस्बुक चलाउनुपर्ने वा नेपाली हामी वा१ भित्री गुदि कुरा केही छैन तर बोक्रा मा राम्रो देखिन खोज्ने कति चतुर हामी वोक्रे नेपाली। सामाजिक संजाल फेस्बुकमा राम्रो देखिन कै लागि राम्राराम्रा कपडा चाहिने जुन किन्नको लागि घरको आर्थिक ल्याकत ले नभ्याए पनि मागेर हुन्छ कि फकाएर वा उदारो किनेरै भए पनि राम्रो र महँगो कपडा किन्नुपर्ने ।कमसल र सामान्य कपडा लगाइले लाइक नआउने त्यसैले देखाउनकै लागि भए पनि भाडामा राम्रो कपडा लिनुपर्ने आफू संग भएको सामान्य लुगाले काम नगर्ने वाह हाम्रो सोच कति महान छन् नेपाली त्यसैले त हाम्रो समाज अनि हाम्रो देशको हविगत यो अवस्थामा छ।

हामी नेपाली सकारात्मक कुरामा जति उत्साही हुन्छौ त्यो भन्दा दोब्बर उत्साही र उत्तेजक नकारात्मक कुरामा हुन जानेका,सिकेका छौँ र हुन्छौं यो नेपालीको विशेषता नै भएको छ।कसैले भद्दा अपशब्द वा अपमानजनक शव्द मार्फत लेख्यो भने त्यसलाई धेरै ध्यान दिने प्राथमिकता दिने तर कसैले राम्रो र जीवनउपयोगी कुरा लेख्यो भने वास्तै नगर्ने यो हाम्रो परम्परा वनिसकेको छ।अहिले मान्छे ले मान्छेको मुल्यांकन सामाजिक संजाल बाट नै गर्न थालेका छन्।सामाजिक संजाल अर्थात फेसबुक को प्रोफाइल मा राखेको फोटो हेरेर उसको स्तर तौलिन्छन मान्छेहरु।बिचरा कसैले भाडामा लिएको वा मागेर लगाएको राम्रो लुगा र मागेरै आकर्षक क्यामरा बाट खिचेको आकर्षक फोटो त्यही हेरेर मुल्यांकन गर्ने वाह हामी नेपाली वाह हामी नेपाली भित्री गुदि कुरा के हो उसको वास्तविक धरातल कस्तो हो हामी त्यतातिर ध्यान दिदैनौ तर बोक्रा राम्रो दिखियो भने त्यसैमा लिप्त हुने हाम्रो सस्कृती।द्वन्द्वात्मक भौतिकवाद मा पनि भनिएको छ रुप र सार ।रुपमा एउटा देखिए पनि सार मा अर्कै अर्थात भित्री कुरा अर्कै यो हामी आम नेपाली मा भएको विशेषता हो।यहाँनीर मैले द्वन्द्ववाद को कुरामा रुप र सार को प्रसङ्ग थोरै खोतल्न चाहे।

कुनै वस्तु वा घटनाको विभिन्न पक्ष र प्रक्रियाको समुच्च योग नै सार हो।सारको भित्री वा बाहिरी ढाँचा तथा अस्तित्वको स्वरुप वस्तुको रुप हो।रुप बस्तु र घटनाको बाहिरी पाटो हो।यो नाङ्गो आँखाले देख्न सकिन्छ तर सार भित्री पक्ष हुनाले बुझ्न अलि मेहनत गर्नुपर्छ अर्थात अन्तरदृस्टि को आवश्यकता पर्छ।सामान्य मान्छे यो झन्झटतिर लाग्दैनन , नाङ्गो आँखाले जे देखिन्छ ,त्यसैमा विश्वस्त हुन्छन् र धोका खान्छन् ।उनिहरु सामानको भड्किलो रुपबाट प्रभावित हुन्छन् ।रुप र सार लाई सहि तरिकाले बुझ्न नसकेमा धोका खान सकिन्छ ।किनकी यहाँ सारमा असल मानिस पाउनै मुस्किल छ।अतस् हामीले कुनै पनि वस्तु र घटनाको रुप होइन,सार लाई महत्त्व दिनुपर्छ।सार राम्रो र उपयोगी छ भने रुप अलि नराम्रो भए पनि धेरै फरक पर्दैन तर तर सार नराम्रो छ र रुप राम्रो छ भने भ्रममा परेर धोका खान सकिन्छ।त्यसैले ढोगि तथा तथाकथित खोक्रा आडम्बरीबाट सदैव सतर्क रहनुपर्छ।

हिजोसम्म राम्रो संग अक्षर चिन्न पनि हम्मेहम्मे पर्ने मान्छे आज यहि फेसबुक कारण एकाएक प्रशिक्षक र विश्लेषक बनेको गुदिमा होईन बोक्रा मा मात्रै ।र अहिलेका मान्छेहरु पनि यहीँ बोक्राका पछि दौडिरहेका छन।यस्ता बोक्रे का पछि लाग्ने बोक्राहरु मात्रै छैनन् तथाकथित बौद्धिक भन्नेहरुको पनि भिड देखिन्छ बोक्राहरुका पछि।सकारात्मक , रचनात्मक र सिर्जनात्मक काम गर्ने ईमानदार मान्छे लाई नचिन्ने बेला भैसक्यो।जसले भ्रष्टाचार ,प्रत्यक्ष रअप्रत्यक्ष बलात्कार,तस्कर,ठग ,गरेको छ रूपमा रवाफ जमाएको छ र देखाएको छ उसैलाई चिन्ने र मान्ने अहिलेका मान्छेको चलन भैसक्यो।अहिलेका मान्छे लाई निम्न पुजीवादी सोचाइ ले ग्रसित बनाइरहेको छ।मान्छे अरुलाइ देखाउन कै लागि भए पैसा कमाउन चाहान्छ र समाज मा आफ्नो उदाङ्ग रुप देखाउन चाहान्छ।धनी दिनप्रतिदिन धनी र गरिब दिनप्रतिदिन गरिब बन्दै गैरहेको छ।बिचका बिचौलिएकाहरु लाई धनी बन्नको हतारो भैरहेको छ।जो कुरा सामाजिक संजाल मा यत्रतत्र सर्वत्र देख्न सकिन्छ।कतिपय मान्छेको सार बुझ्नको लागि रुप नै काफी हुन्छ त कतिपयको सार जति संगत गरे पनि बुझ्न सकिदैन।अहिले सामाजिक संजाल मा नजोडिएका मान्छे प्राय कम मात्रै छन।

जो सामाजिक संजाल मा जोडिएका छन उनीहरुले यसको महत्त्व र उपयोगको बारेमा बुजेका छैनन् र दुरुपयोग गरिरहेका छन।अस्ति भर्खर घरमा रोइकराइगरेपछि घरमा बा ले ऋण गरेर उच्च स्तरको मोबाइल किनिदिए।त्यही मान्छे केही दिन रनभुल्ल मा पर्यो नयाँ त्यो पनि महङ्गो मोबाइल पाएको मा बिचरा कोरोना बिचल्लीले घरमा खाने खर्च छैन ।अनि ठुला ठुला गफ दिदै स्टाटस लेख्न थाल्यो।त्यहीँ मोबाइल बाट जुन ऋण गरेर किनिएको थियो।नेपालको राजनीति एक त कस्तो त्यहीँ माथी भर्खर मोबाइल चलाउन र स्टाटस लेख्न जानेका बच्चाबच्ची एकाएक राजनीतिक विश्लेषक बनेर सतही रूपमा आफ्नो असली रुप प्रदर्सन गर्छन।म नै जान्ने म नै सुन्ने हु भन्ने इगो, दम्भ पनि कति हो कति लेखी साध्य छैन ।नेपाली राजनीतिक घटनाक्रम छिनछिनमा बदलिएको छ जसरी एउटा वेश्या पुरुष होस् या महिला जसले आफ्नो यौन साथी फेर्छ त्यसरी नै नेपाली राजनीति बदलिँरहन्छ।यहि कुरा नाथे बबुराहरुको निमित्त मसला बन्छ र बौलाउन थाल्छन् सामाजिक संजाल मा आफू नै राजा हु अरु सबै रैती हुन जसरी खड्के ओलिको शैलीमा ।उनीहरुलाई थाहा हुँदैन या हेक्का हुँदैन सामाजिक संजालमा राम्रा,असल र ईमानदार मान्छेहरु पनि जोडिएका हुन्छन् भनेर।

नेपालको राजनीतिक तापमान खड्ग ओलिले २०७७ पौष ५ गते गरेको संसद विघटन पछि स्थिर छैन ।त्यस यता २०७८ बैशाख २७ गते खड्ग ओलि ले त्यहि संसद बाट विश्वासको मत गुमाउने बेला सम्म बिचमा थुप्रै राजनीतिक घटनाक्रम भए ,सर्बोच्चले संसद पुनःस्थापना गर्नु त्यही सर्बोच्च ले नेकपा भङ्ग भएको फैसला गर्नु इत्यादि अरु झिनामसिना आन्दोलन सभा सम्मेलन त कति हो कति अनुमान लगाउनै सकिदैन।धेरै अगाडि को कुरा नगरौं तत्काल मात्रै बदलिएको राजनीतिक घटनाक्रम बैशाख २७ लाई लिउ।त्यो दिन राजनीतिक सरगर्मि निकै तात्यो।खड्ग ओलिले विश्वासको मत संसद बाट जित्नुपर्ने नत्र सरकार बाट असफल सिद्ध भएर हट्नुपर्ने।खड्ग ओलि नेपाली राजनीतिका यति छुद्र र तुच्छ खेलाडी हुन त्यो कुरा यहाँ लेखेर साध्य छैन ।र सामान्य चेत र विवेक भएको नेपाली ले सजिलैसंग बुझ्न सक्छ उनको जनतालाई भ्रममा पारी गुमराह मा राख्ने चालबाजी।

हुन त खड्के ओलि लाई बा भन्दै हिड्ने प्रचण्ड लाई सुपृमो भन्दै हिड्ने र शेरे लाई नेपाली राजनीतिको नायक भनेर स्तुतिगान र भजनमण्डलि गर्नेहरु ले वास्तविक अन्तरवस्तु नबुझी सतही रूपमा विश्लेषण गर्ने पछि दौडिने गरिरहेका छन।खड्के ओलिलाई बा भन्नेहरु उनलाइ भगवान कै अवतार मान्छन बाघ भन्छन् र सामाजिक संजालको भित्तो रंगाउछन भद्दा र नमजाक शब्दले अरुको अश्लील शब्दमा गाली गर्दै।खड्के का चेलाहरु जति उतिसारो प्रचण्ड,शेरबहादुर र माधवका चेलाहरु गतिछाडा छैनन्।उनिहरुमा खड्के का चेलाहरु भन्दा राजनीतिक चेत छ र बोले लेखे पनि तथ्य र तर्कसम्वत तरिकाले लेख्छन् बोल्छन्।