पार्टि विभाजन भए माधव झलनाथतिर लाग्छुः वामदेव गौतम
प्रकासित मिति : २०७८ बैशाख २७, सोमबार १३:१९
प्रकासित समय : १३:१९
काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने निचोड निकालेका छन्।
गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन्।‘यदी उहाँ खनाल र नेपाल हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु, गौतमको भनाइ रहेको छ। तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमको भनाइ छ।
तर अध्यक्ष केपी शर्मा ओलीतिर भने नउभिने पनि गौतमले प्रष्ट पारेका छन् । ‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएन। त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाइ छ।