नेपाल–खनाल समूहका दोस्रो पुस्ताका नेता छलफलमा
प्रकासित मिति : २०७८ बैशाख २७, सोमबार १२:५७
प्रकासित समय : १२:५७
काठमाडौँ,नेकपा एमाले माधव नेपाल–झलनाथ खनाल समूहका दोस्रो पुस्ताका नेताहरू अलग्गै छलफलमा जुटेका छन्।
बिहान सिंहदरबारमा बसेको सांसदहरूको छलफलबाट संसद् बैठकमा पनि नजाने र राजीनामा पनि नदिने निर्णय गरेपछि दोस्रो पुस्ताका नेताहरू फेरि अलग्गै छलफलमा जुटेका हुन्।
सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडीलगायतका नेता अहिले अलग्गै छलफल गरिरहेका छन् ।