माधवको तुलना बादल र बादलको तुलना खिमलालसँग हुदैनः शंकर पोखरेल

काठमाडौं,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेका वरिष्ठ नेता माधव नेपालको तुलना गृहमन्त्री रामबहादुर थापा बादलसँग गर्न नमिल्ने बताएका छन्।

त्यसरी नै बादलको तुलना डा खिमलाल देवकोटासंग हुन नसक्ने उनको भनाई रहेको छ । ‘जसरी माधव कमरेडको तुलना वादल कमरेडसंग हुदैन भनेर हामी भन्छौ,त्यसरी नै वादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्तैन । मनन गरौँ।’ शनिबार उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

बागमती प्रदेशमा एमालेबाट राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलालबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

शुक्रबार बादलले एमालेको तर्फबाट र देवकोटाले नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवारी दर्ता गराएका छन् ।