सुर्खेतमा पुन:निषेधाज्ञा थपियो

बिरेन्द्रनगर, सुर्खेतमा जारी निषेधाज्ञा पुन:थपिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयले बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।कोरोना संक्रमणको दर अहिले पनि उच्च भएकोले जिल्लाभर एक हप्ताका लागि दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको जिल्ला प्रसाशन कार्यालय सुर्खेतले जनाएको छ।

बैशाख १४ गते मध्यरातीबाट लागू गरिएको निषेधाज्ञा मंगलबार साझ १२ बजे सकिदैछ ।

पछिल्लो समय जनस्तरमा व्यापक रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिए पनि अझै नियन्त्रण हुन नसकेकोले २१ गते सोमबार राती बैशाख ३१ गते सम्मका लागी पुन:निषेधाज्ञा गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।