नेपालमा थप ७५८७ जनामा कारोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख २१, मंगलवार १७:२२
प्रकासित समय : १७:२२
काठमाडौँ,नेपालमा थप ७५८७ जनामा कारोना पुष्टि भएको छ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५१ हजार ५ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५९ हजार ७८९ छन्।
गत २४ घण्टामा १७७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार ७९० पुगेको मन्त्रालयले जनाएको छ।
आज कोरोना संक्रमणका कारण ५५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।