लुम्बिनी प्रदेशः एमालेका तीन जना सांसदले दिए राजीनामा

बुटवल,लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरुले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ क बाट निर्वाचित दुगनारायण पाण्डेय,कपिलवस्तु क्षेत्र नम्बर २ ख बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन् ।

राजीनामा पत्र प्रदेश सभा सचिवालयमा बुझाइसकेको एक सदस्यले जानकारी दिए ।