आफ्नै खुसीलेनै माओवादी केन्द्रमा लागेकी हुँः विमला वली

बुटवल,लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।वली दाङ ३ ख मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट विजयी भएकी थिइन्।

एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै वलीले माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक गरेको थियो।एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए। तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेकी छन् । उनले भनेकी छन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ।’

चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको उनले बताइन् ।