सुर्खेतको वीरेन्द्रनगरमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुँदै
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमितहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ।कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै एम्बुलेन्स सेवाका साथसाथै ५० बेडको अक्सिजन सहितको आइसोलेसन अस्पताल संचालन गर्ने निर्णय गरेको हो।
आइतबार प्रदेश अस्पताल कालागाउँमा कार्यरत बाल रोग विशेषज्ञ तथा कोरोना फोकलपर्सन डा नवराज केसी र डाक्टर प्रदीप न्यौपानेसँग नगरपालिकाले एम्बुलेन्स सञ्चालनको लागि छलफल भएको नगर उप-प्रमुख मोहनमाया ढकालले वताइन्।उपप्रमुख ढकालका अनुसार तत्कालका लागि २५ बेडबाट सेवा सुरु भएको छ। भने कोरोना बिरामीको उपचार प्रदेश अस्पतालमा कार्यरत डाक्टरहरुले गर्ने भएका छन्।
वीरेन्द्रनगरका स्थानियबासीले सेवा भने निःशुल्क प्रदान गर्ने नगरपालिकाले वताएको छ।कोरोना संक्रमणले उग्ररुप लिईरहेको हुनाले सबैले सुरक्षा विधिको पालना गरि कोरोनाबाट सुरक्षित बन्न सबै नगरपालिका वासीलाई उप-प्रमुख ढकालले आग्रह समेत गरेकी छन्। यदि नागरिकलाई कुनै समस्या पर्यो भने तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा आउन आग्रह गर्दै ढकालले आफुहरु नागरिकहरूको सम्पर्कमा निरन्तर रहिरहने समेत प्रतिवद्धता व्यक्त गरिन्।