सांसद् बिमला वली माओवादीमा प्रवेश

बुटवल,लुम्बिनी प्रदेश सांसद बिमला वली नेकपा माओवादीमा प्रवेश गरेकी छन्। वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।

दाङबाट प्रदेशसभा ३ ९ख०बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । अब एमालेमा ४० सांसदमात्रै रहेका छन् । सरकार बनाउन कम्तिमा ४१ जना सांसदको समर्थन आवश्यक पर्दछ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित २ सांसद एमालेमा प्रवेश गरेका कारण पदबाट हटाइएकाले सदस्य संख्या ८५ मा झरेको छ। जसपाले पनि पार्टीको निर्णय उल्लघंन गर्दै एमाले नेतृत्वको सरकारमा मन्त्री बन्न गएपछि ४ सांसदलाई बर्खास्त गरेसँगै प्रदेश सभा ८१ सदस्यीय भएको छ।