लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस
प्रकासित मिति : २०७८ बैशाख १९, आईतवार १३:०५
प्रकासित समय : १३:०५
बुटवल,लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले सिफारिस गरेको छ।
राजीनामा दिएर कामचलाउ मुख्यमन्त्री बनेका शंकर पोखरेलले मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन्।आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो। उक्त बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो।
आज मध्यान्ह १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस भएको हो।