मास्क लगाउँदा ध्यान दिनुपर्ने कुराहरु
काठमाडौं,कोरोना भाइरसको संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढ्दो छ । त्यसमा पनि चिकित्सक, प्रहरी, सञ्चारकर्मी, विमानस्थल तथा अस्पतालका कर्मचारीहरुले त झन लामो समय मास्क लगाइरहनु परेको छ।
घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पुर्याउने जनस्वास्थ्यविद्हरूको मत छ।यही कारण मास्क लगाउँदाको समय मानिसहरुले कस्ता गल्ती गर्छन् भनेर बुुझाउन विश्व स्वास्थ संगठनले एक भिडियो बनाएको छ । मास्क लगाउँदा गर्न नहुने गल्ती यस्ता छन् ।
मास्क लगाउँदा ध्यान दिनु पर्ने कुराहरूः
– अनुहारमा नछुनुहोस्, यदि तपाईं अनुहार छोप्दै हुनुहुन्छ भने अनुहारमा नछुनुहोस् । आफूले अनुहार नछोएर मास्क प्रयोग गर्नुपर्छ भन्ने कुरामा निकै ध्यान र्पुयाउनुपर्छ ।
– मास्क लगाउनूभन्दा अगाडी मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
– मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्न
– मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने
– नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने
– सकभर मास्कलाई हातले नछुने
– डोरी मात्र समाई मास्क फुकाल्ने
– एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं । बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं ।