नेपालमा थप ७२११ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख १९, आईतवार १७:०४
प्रकासित समय : १७:०४
काठमाडौँ, नेपालमा थप ७२११ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो।यस्तै, काठमाडौं उपत्यकामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ छन् ।
गत २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।
आज कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।