सम्धिको कुटाईबाट सम्धिकै मृत्यु

सल्यान,सल्यानमा कुटपिटबाट घाइते भएका एक जनाको मुत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका-३ धुलखर्कका ६२ वर्षीय नर बहादुर रोकाहको शुक्रबार राति नेपालगञ्जमा उपचारको क्रममा मुत्यु भएको हो।

सोही ठाउँका सम्धि नाता पर्ने धन बहादुर खत्री र उनका छोरा रमेश खत्रीले गत वैशाख १३ गते घरमा आएका रोकाहलाई कुटपिट गरी घाइते बनाएका थिए।धन बहादुरको दुई वटा श्रीमती रहेको र कान्छी श्रीमतीको घर गएका रोकाहलाई बाबुछोरा मिलेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

कुटपिट गरी हत्या आरोप लागेका बाबुछोरालाई इलाका प्रहरी कार्यालय थारमारेले नियन्त्रणमा लिई अनुसन्धान थालेको उनले बताए। कुटपिटको कारण भने नखुलेको प्रहरीले जनाएको छ।