मानव जातिको उन्नत जिवनका लागि वैज्ञानिक समाजवाद निर्विकल्पः विप्लव
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द(विप्लव)ले मानव जातिको उन्नत जिवनको लागि वैज्ञानिक समाजवाद निर्विकल्प भएको बताएका छन्। महासचिव विप्लवले १३२ औँ श्रमिक दिवसको अवसरमा शनिवार एक शुभकामना वक्तव्य जारी गर्दै उक्त कुरा बताएका हुन्।उनले आजपनी नेपाल जस्ता देशमा श्रमिक बर्गको जिवन, आधारभुत आवस्यक्ता गासँ, बाँस, शिक्षा, स्वास्थ, रोजगार जस्ता समस्याको चाङभित्र छट्पटाईरहेको बताएका छन्।नेपालको दलाल पुजिवादी सत्ता र संसदीय व्यवस्था पुर्ण रुपमा असफल भैसकेको बताउदै विप्लवले आफ्नो संकट टार्न साम्राज्यवादीहरुको निर्देशनमा अनेकौ जालझेल बुनिरहेको पनि बताएका छन।
देशको अहिलेको राजनीतिक समस्याको समाधानको लागि आफ्नो पार्टी विप्लव सहित अघाढी बढेको बताए। उनले संसदीय सरकारको ठाउँमा आम प्रगतिशील, बामपंथी, देशभक्त, प्रगतिशील लोकतन्त्रबादी, कम्युनिस्टहरूको राजनितीक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार र संसदीय पुजिवादी सत्ताको ठाउँमा जनमतसंग्रहद्धारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प समेत पेस गरेका छन।
विश्वभर पैदा भएको पुजीवादी संकटले मानव जातिको उन्नत जिवनका लागि वैज्ञानिक समाजवाद निर्विकल्प रुपमा पेस गरेको बताए । नेपालमा यसको उचित परिस्थिति बनेको बताउदै विप्लवले यो एतिहासिक जिम्मेवारी पूरा गर्न सारा मजदुर किसान तथा श्रमिक बर्गलाई एकजुट हुन आव्हान गरेका छन ।
यस्तो छ विज्ञप्ति