कोरोनाबाट श्रीमानको मृत्यु हुँदा श्रीमतीले गरिन् आत्महत्या

एजेन्सी,केहि दिन यता भारतमा कोरोना भाइरसले भयावह रुप लिएको छ।पछिल्लो समय हस्पिटलमा बेड र अक्सिजन नपाएर धेरै कोरोना संक्रमितको मृत्यु भएको छ।

गए राति कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएलगतै  श्रीमतीले झुण्डिएर आत्महत्या गरेकी छन्। भारतको मध्य प्रदेश राज्यको इन्दौर जिल्लाको राजेन्द्र नगर बस्ने नेहा पंवारले श्रीमानको मृत्युको खबर सहन नसकेर आफ्नै कोठको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

यो जोडी १८ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए। तर यो विवाह धेरै बर्ष टेक्न सकेन। उनीहरुले धेरै सपना बोकेका थिए तर ति सपना कोरोनाले चकनाचुर वनाइ दिएकोक छ।आज भन्दा १५ दिन अगाढि उनीलाइ कोरोना संक्रमण देखिएको थियो। उपचारको लागि इन्दौरको एक निजी अस्पतालमा बुधबार राति मृत्यु भएको थियो।प्रोफेर नेहा र डिप्टी रेन्जर पवनबीच पाँच वर्ष अगाडि विवाह भएको थियो।