उपत्यका थपिए ३ हजार कोरोना संक्रमित

काठमाडौं,उपत्यकामा एकै दिन ३ हजार जनामा कोरोना पुष्टि भएको छ।

काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।