अहिलेनै बैकल्पिक सरकार बन्ने अवस्था छैनः देउवा
प्रकासित मिति : २०७८ बैशाख १७, शुक्रबार १६:०३
प्रकासित समय : १६:०३
काठमाडौँ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल बैकल्पिक सरकार बन्ने अवस्था नरहेको बताएका छन्।
शुक्रबार नीजि निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले अहिले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताएका हुन्। यद्यपी पहल जारी रहेको उनको भनाई छ। ‘सरकार बनाउन त बहुमत चाहियो नि । जसपाले निर्णय गरेको छैन। हामीसँग बहुमत छैन’ उनले भने,‘त्यसकारण यस्तो अवस्थामा तत्काल वैकल्पिक सरकार बन्ने अवस्था छैन। यद्यपी पहल जारी छ।’
यस्तै, देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् । देउवाले सरकारसामू ११ बुँदे माग अघि सारेका छन् ।