सुर्खेत सहित २२ जिल्ला कारोना संक्रमणको उच्च जोखिममा
काठमाडौँ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणदर डरलाग्दो तरिकाले फैलिरहेको बताएको हो।
मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार गर्न श्यया उपलब्ध गराउन नसकिने अवस्था आइसकेको भन्दै सबै पक्षलाई स्वास्थ्य मापदण्ड पालनामा आग्रह गरेको छुस्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ। त्यसैले सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,मन्त्रालयले भनेको छ,संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू मास्क लगाऔं,भौतिक दुरी पालना गरौं,बेलाबेलामा साबुनपानीले हात धोऔं नै उत्तम उपाय हुन्।