रुखको हाँगा लागेर दैलेखमा एकजनाको मृत्यु
प्रकासित मिति : २०७८ बैशाख १७, शुक्रबार १३:२९
प्रकासित समय : १३:२९
दैलेख,दैलेखमा रूखको हाँगा लागेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका–५ तलिगाउँकी ६८ वर्षीया जौमती जैसी रहेकी छन्।
बिहीबार साँझ चलेको हावाहुरीका कारण शिरिसको हाँगा भाँचिएर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ का वडाध्यक्ष नारायण रेग्मीले जानकारी दिए।