बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

भक्तपुर,प्रहरीले करणी आरोपमा भक्तपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बलात्कारको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने भारत मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्रकुमार महतोलाई पक्राउ गरेको हो। उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो।

महतोले किशोरीलाई उनकै कोठामा गएर बलात्कार गरेको किशोरीका परिवारले दावी गरेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।