काँग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै
प्रकासित मिति : २०७८ बैशाख १७, शुक्रबार १३:०१
प्रकासित समय : १३:०१
काठमाडौँ,प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन्।
कोभिड १९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पत्रकार सम्मेलनमा सभापति देउवाले पहिलोसमय बढ्दो कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, त्यसमा पार्टीको भूमिका, पछिल्ला राजनीतिक घटनाक्रमलगायत विषयमा धारणा राख्ने बताइएको छ ।